मेडिप्लस हस्पिटल र मुक्तिनाथ विकास बैंक सहकार्य

  • Home
  • News
  • मेडिप्लस हस्पिटल र मुक्तिनाथ विकास बैंक सहकार्य

मेडिप्लस हस्पिटल र मुक्तिनाथ विकास बैंक सहकार्य

काठमाडौँ– मुक्तिनाथविकास बैंक र मेडिप्लस हस्पिटल तथा ट्रमा सेन्टरबीच सहकार्य गर्ने भएको छ ।

बैंकले आफ्ना ग्राहकलाई अझ उत्कृष्ट सेवाप्रदान गर्न विभिन्न व्यावसायिक संस्थाहरुसंग विशेष छुट प्रदानगर्ने गरी सम्झौतागर्दै आइरहेकोमा पोखरा स्थित मेडिप्लस हस्पिटल तथा ट्रमा सेन्टरसंग सम्झौता गरेको छ ।

उक्त सम्झौतापत्रमा मेडिप्लस हस्पिटल तथा ट्रमा सेन्टर तर्फबाट अध्यक्ष रमेशकुमार थापा र मुक्तिनाथ विकास बैंकको तर्फबाट गण्डकी प्रदेश प्रमुख बाबुराम ढकालले हस्ताक्षर गरेका थिए ।

यो सम्झौतापछि मुक्तिनाथ विकास बैंकका ग्राहकलाई मेडिप्लस हस्पिटल तथा ट्रमा सेन्टरकोविभिन्न सेवाहरुमा १० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको छ ।

यसरी विभिन्न संस्थासंग हातेमालो गर्दै कोभिढ १९ को संक्रमणबाट सुरक्षितभई डिजिटल बैंकिङ्ग कारोबार बढाउने कार्यमा उल्लेखित सम्झौताहरुले थप प्रोत्साहान गर्ने अपेक्षा बैंकले लिएको छ ।

Leave A Reply