मेडिप्लस हस्पिटल र गण्डकी ट्रक यातायात व्यवसायीबीच सम्झौता
पोखरा । मेडिप्लस हस्पिटल तथा ट्रमा सेन्टर र गण्डकी ट्रक यातायात व्यवसायी समितिले उपचारसम्बन्धी छुट सम्झौता गरेको छ । जसबाट दुर्घटनामा परेका व्यक्ति, समितिका पदाधिकारी तथा सदस्यहरू र उनीहरूको परिवारका सदस्यहरूको उपचारमा हस्पिटलले सहुलियत प्रदान गर्नेछ ।
छुट सम्झौताअनुसार वेड चार्जमा २० प्रतिशत, सर्जरी तथा अप्रेशनमा १० प्रतिशत, प्रोसिजर तथा जाँचमा १५ प्रतिशत छुट उपलब्ध गराउने छ ।
सम्झौतामा अस्पतालको प्रमुख संचालन अधिकृत प्रकाश विक र गण्डकी ट्रक यातायात व्यवसायी समितिका अध्यक्ष सुरेन्द्र त्रिपाठीकोले हस्ताक्षर गरेका छन् । सम्झौताका अनुसार हस्पिटलले गण्डकी ट्रक यातायात व्यवसायी समितिका सदस्यहरू र उनीहरूका परिवारका सदस्यहरू तथा आकस्मिक दुर्घटनामा परेका घाइतेहरुलाई शिघ्र उपचार र अन्य स्वास्थ्य सेवा प्राथमिकताको आधारमा उपलब्ध गराउनेछ ।
उक्त कार्यक्रममा गण्डकी ट्रक यातायात व्यवसायी समितिका सल्लाहकार तथा ट्रक यातायात व्यवसायी समिति महासंघका केन्द्रीय उपाध्यक्ष कृष्णहरि जि.सि, गण्डकी ट्रक यातायात व्यवसायी समितिका वरिष्ठ उपाध्यक्ष कल्याण तिमिल्सिना, प्रथम उपाध्यक्ष इश्वरकुमार श्रेष्ठ, द्वितीय उपाध्यक्ष नेत्रबहादुर खत्री, महासचिव चोमराज थापा, कोषाध्यक्ष एकेन्द्र कुँवर, संचालक समितिका सदस्य शशि विक्रम राणा, मेडिप्लस हस्पिटल तथा ट्रमा सेन्टरका बजार शाखा प्रमुख शोभाखर पाण्डे तथा गण्डकी ट्रक यातायात व्यवसायी समितिका कार्यलय प्रमुख नारायण आर्चायको उपस्थिति रहेको थियो ।