पोखराको रानीपौवामा मेडिप्लस हस्पिटल एण्ड ट्रमा सेन्टर सञ्चालनमा

  • Home
  • News
  • पोखराको रानीपौवामा मेडिप्लस हस्पिटल एण्ड ट्रमा सेन्टर सञ्चालनमा

पोखराको रानीपौवामा मेडिप्लस हस्पिटल एण्ड ट्रमा सेन्टर सञ्चालनमा

पोखरा, १३ माघ / पोखराको रानीपौवामा सुविधा सम्पन्न हस्पिटल सञ्चालनमा आएको छ । अत्याधुनिक सेवा सुविधासहित सञ्चालित मेडिप्लस हस्पिटल एण्ड ट्रमा सेन्टरको सोमबार एक कार्यक्रमका बीच शुभारम्भ गरिएको छ ।

हस्पिटल शुभारम्भका अवसरमा विशेष छुटमा स्वास्थ्य उपचार सेवा प्रदान हुने अध्यक्ष रमेशकुमार थापाले जानकारी दिए । ‘ओपिडी सेवा निःशुल्क प्रदान हुनेछ,’ थापाले भने, ‘ल्याव तथा अन्य सेवामा विशेष छुट प्रदान हुन्छ ।’

 

गण्डकी प्रदेशमा पहिलो पटक ट्रमा सेन्टरको सुविधासहित हस्पिटल सञ्चालनमा ल्याइएको थापाले जानकारी दिए । दुर्घटना तथा चोटपटकबाट गम्भिर घाइते भएकाहरुलाई ट्रमा सेन्टरमा विशेष प्रकारको उपचार सेवा प्रदान हुन्छ । पोखराका प्रशिद्ध तथा अनुभवी चिकित्सकहरुबाट हस्पिटलमा दैनिक स्वास्थ्य परीक्षण तथा उपचार सेवा उपलब्ध हुने थापाले जानकारी दिए । ‘चौविसै घन्टा हस्पिटल खुल्ला रहन्छ,’ उनले भने । पोखराका ख्यातिप्राप्त २५ जना विशेषज्ञ डाक्टरहरुले नियमित सेवा दिने थापाले जानकारी दिए ।

हस्पिटलमा अध्यक्ष रमेशकुमार थापा लगायत ६ जनाको मुख्य लगानी छ । साथै पोखराका प्रतिष्ठित व्यवसायी र बैंकर्सहरुको पनि लगानी रहेको थापाले जानकारी दिए । करिब ३० करोड रुपैयाँ लगानीमा हस्पिटल सञ्चालनमा ल्याइएको थापाले जानकारी दिए । ‘पोखरामा स्तरीय सेवा प्रदान गर्ने हस्पिटलको आवश्यकता महसुस गरी लगानी गरेका छौं,’ थापाले भने, ‘स्वास्थ्य क्षेत्रमा लामो समयको अनुभव भएका चिकित्सक तथा व्यवसायीहरुको हस्पिटलमा आबद्धता छ ।’

एम्बुलेन्स सेवा, क्रिटिकल केयर युनिट, ल्याब टेस्ट र डाइग्नोस्टिक, इमेर्जेन्सी एण्ड ट्रमा केयर, डे केयर, होम केयर, वार्ड एण्ड रुम केयर, प्यासेन्ट सपोर्ट लगायतका सुविधा हस्पिटलमा उपलब्ध रहेको थापाले जानकारी दिए । ‘अनलाइनबाटै डक्टरको अपोइन्टमेन्ट लिन सकिन्छ,’ थापाले भने, ‘डिजिटल एक्सरेको सुविधा उपलब्ध छ ।’ अल्ट्रासाउण्ड, अनलाइन ल्याब रिपोर्ट, सिटी स्क्यान, औषधीको होम डेलिभरी लगायतका सुविधा पनि हस्पिटलले उपलब्ध गराएको छ ।

सल्यक्रिया, न्यूरो सर्जरी, बालरोग, प्रसुती तथा स्त्रीरोग सेवा, छाला तथा यौन रोग सेवा, नाक, कान, घाँटी, मनोरोग लगायत स्वास्थ्य उपचारसँग सम्बन्धी सम्पूर्ण सेवाहरु हस्पिटलबाट उपलब्ध हुने बताइएको छ ।

पोखराको मुख्य बजार महेन्द्रपुलबाट सय मिटरको दुरीभित्र रानीपौवामा अवस्थित हस्पिटलबाट धेरै प्रभावकारी स्वास्थ्य सेवा सुविधा प्रदान गर्न आफूहरु प्रतिबद्ध रहेको थापाले बताए । ‘पोखरा तथा समग्र गण्डकी प्रदेशका जनतालाई सस्तो तथा सुलभ शुल्कमा स्वास्थ्य सेवा उपलब्ध गराउनेछौं,’ उनले भने । डाक्टर आनन्द भट्टराईले हस्पिटलको उद्घाटनका अवसरमा पूजासमेत गरेका थिए ।

Leave A Reply