मित्र मिलन बचत तथा ऋण सहकारी र मेडिप्लस हस्पिटलबीच सहकार्य

  • Home
  • News
  • मित्र मिलन बचत तथा ऋण सहकारी र मेडिप्लस हस्पिटलबीच सहकार्य

मित्र मिलन बचत तथा ऋण सहकारी र मेडिप्लस हस्पिटलबीच सहकार्य

पोखरा,

पोखरा ९ नयाँबजारमा अवस्थित मित्र मिलन बचत तथा ऋण सहकारी संस्था लि. र मेडिप्लस हस्पिटल एण्ड ट्रमा सेन्टर प्रा.लि बिच सहकार्य भएको छ ।

सहकारीका सेयर सदस्य , सदस्यका परिवार , कर्मचारी र बचतकर्तालाई उपचारमा विभिन्न सुविधाहरु दिने गरि सहकार्य भएको हो । संस्थाको परिचय खुल्ने परिचयपत्रको आधारमा मेडिप्लस हस्पिटलले सुविधाहरु दिने गरि आज एक कार्यक्रमका बीच सम्झौता भएको छ ।

सम्झौता पत्रमा मित्र मिलन बचत तथा ऋण सहकारी संस्था लि.को तर्फबाट अध्यक्ष रमण पौडेल र मेडिप्लस हस्पिटल एण्ट ट्रमा सेन्टर प्रा.लिको तर्फबाट रमेश कुमार थापाले हस्ताक्षर गरेका छन् ।

सहकारीका सदस्य एवम् कर्मचारीलाई २० प्रतिशतसम्म छुट दिने गरि २ वर्षको लागी सम्झौता भएको हो । सम्झौता अनुसार सहकारीका शेयर होल्डर र परिवारले वेड चार्जमा २० प्रतिशत ,सर्जरीमा १०, प्रोसिजरमा १०, फार्मेसीमा ५ र डेन्टल सेवामा १० प्रतिशत छुट पाउने छन् ।

त्यस्तै सहकारीका कर्मचारीले वेड चार्ज, सर्जरी,प्रोसिजर, डेन्टल सेवामा १० प्रतिशत र फार्मेसीमा ५ प्रतिशत छुट पाउनेछन् । यस्तै बचतकर्ताले पनि वेडचार्ज, सर्जरी, प्रोसिजरमा १० प्रतिशत र फार्मेसीमा ५ प्रतिशत छुट पाउनेछन् । डेन्टल सेवामा ओ. पि .डि बाहेकमा छुट पाउनेछन् ।

Leave A Reply